फाल्गुण ०७ २०८१, बुधवार

फाकफोकथुम गाउँपालिका
आम्चोक-३, ईलाम

फाकफोकथुम गाउँपालिका

परिचय

वि.स. २०७३ मा नेपाल सरकारले स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको सिफारिसका आधारमा नेपाल सरकारले स्थानीय तहलाई नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार २०७३ फागुन २७ गते ईलाम जिल्लाको साबिक ५ वटा गाविसहरू फाकफोक, आमचोक, फुयेतप्पा, लुम्दे, एकतप्पा र चमैता गाविसको वडा नम्बर ९ मिलाएर फाकफोकथुम गाउँपालिका घोषणा गरेको हो । फाकफोकथुम गाउँपालिकालाई राजनीतिक तथा प्रशासनिक संरचनाका हिसाबले ७ वटा वडामा विभाजन गरिएको छ । यो पालिकाको प्रशासनिक सेवा केन्द्र वडा ३ को आमचोकमा रहेको छ । वडाका सबै वडा कार्यालयहरू पायक पर्ने स्थानमा रहेका छन् । क्षेत्रफलको हिसाबले गाउँपालिकाको सबैभन्दा ठूलो बडा १ र सबै भन्दा सानो वडा ७ हो ।

यस गाउँपालिकाको नामकरण साबिक फाकफोक गाविसको नामबाट राखिएको हो । यो गाउँपालिका ईलाम जिल्लामा रहेका १० वटा स्थानीय तह मध्येको एक हो । यसको कुल क्षेत्रफल १०८७४.९३ हेक्‍टर छ । यो जिल्लाको उत्तर-पश्‍चिम क्षेत्रमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वी सिमाना देउमाई नगरपालिका, दक्षिण सिमाना माङसेबुङ गाउँपालिका तथा उत्तर र पश्चिम सिमाना पाँचथर जिल्लाको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।

19291

जनसंख्या

4000

परिवार

10006

पुरुष

9285

महिला

छानाको प्रकार

मातृभाषा

कृषियोग्य जमिन

पशुपालन परिवार

वनले ढाकिएको क्षेत्र

प्रत्येक वडाको क्षेत्रफल

जातजातीहरु

अपाङ्गता भएका व्यक्तिहरूको संख्या

शैक्षिक स्थिति

प्रयोग गरिएका सुविधाहरू

खाद्य भण्डारण

घटना दर्ता

बैंक खाता भएको परिवार

जोखिम सूचकांकमा घरहरू

गम्भीर अवस्थामा घरपरिवार

घर वास्तुकला को ज्ञान

जग्गाको स्वामित्व

प्रकाशको स्रोत

बसाइँसराइ

पेशा

घरको स्वामित्व

सामाजिक भत्ता गणना

पिउने पानीको स्रोत

छतको प्रकार

शौचालयको प्रकार

फोहोर व्यवस्थापन अभ्यास

धर्म

डिजिटल प्रोफाएल बारे

नेपालको संविधान २०७२ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ । नेपालको संविधानले स्थानीय तहहरूलाई स्थानीय स्वायत्त सरकारको पहिचान गरेको छ । संविधानको अनुसूची ८ को क्र. सं. ६ मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ, भने स्थानीय सरकार सञ्‍चालन ऐन २०७४ को दफा ११ (२) को ‘च’ मा माथि उल्लेखित विषयलाई थप विस्तार गरिएको छ । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्‍चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी फाकफोकथुम गाउँपालिकाले आफ्नो गाउँपालिकाको समग्र विकासको लागि भरपर्दो तथ्याङ्कीय आधार तयार गर्नुपर्ने प्रावधान अनुरूप यो डिजिटल पार्श्वचित्र तयार गरिएको हो । यो पार्श्वचित्र तयार गर्दा राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित “स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५” को अनुसूची ३ मा गाउँ पार्श्वचित्रको ढाँचामा आधारित भइ तयार गरिएको छ । त्यस कारण यो पार्श्वचित्र फाकफोकथुम गाउँपालिकाको नीति, कार्य नीति तर्जुमा गर्न, विकासको खाका बनाउन, योजना तथा कार्ययोजना निर्माण गर्न सूचनाको प्रमुख तथा विश्वासिलो तथ्याङ्कीय श्रोतको आधार हो ।

यो गाउँपालिकाको डिजिटल पार्श्वचित्रमा तथ्याङ्क सङ्कलनको प्रमुख आधार KoboToolbox software हो । यो डिजिटल प्रोफाइल गाउँपालिकाको समग्र भौतिक, जनसाङ्ख्यिकी, आर्थिक, सामाजिक, वातावरणीय, भौतिक विकास, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत संस्थागत पक्षहरुको तथ्याङ्क अभिलेख तयार गर्नका साथै व्याख्या तथा विश्लेषण पनि गरिएको छ । घर धुरी सर्वेक्षणका क्रममा कुनै पनि घर नछुटोस् र कुनै पनि घर नदोहोरियोस् भन्ने मान्यतालाई आधार मानेर घर धुरी सङ्केत नम्‍बर दिइ उक्‍त घरको GPS Coordination पनि लिइएको थियो । यसै गरी प्रत्येक वडाको विवरण र वडामा रहेका संस्थाहरूको संस्थागत विवरणको पनि सर्वेक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । गाउँपालिकाको छलफलमा उठेका सवाल तथा सर्वेक्षणका आधारमा गाउँपालिकाका सबल पक्षहरू, दुर्बल पक्षहरू, अवसरहरू चुनौति तथा सम्भावनाको विश्लेषण समेत गरिएको छ । यसले गाउँपालिकाको अब आउने दिनको लागि चाहिने विकास योजना तयार गर्न महत्‍वपूर्ण भूमिका खेल्नेछ ।

डिजिटल प्रोफाएलको महत्व तथा औचित्य

यो पार्श्वचित्र फाकफोकथुम गाउँपालिकाको आधारभूत तथ्याङ्कको सँगालो हो । यसमा गाउँपालिकाको समग्र भौतिक, जनसाङ्ख्यिकी, आर्थिक, सामाजिक, वातावरणीय, भौतिक विकास, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत संस्थागत पक्षहरुको तथ्याङ्कको अभिलेख रहेको छ । जसले गाउँपालिकाको भावी योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्दछ । विभिन्न विषयगत विधा र भौगोलिक स्थानको आवश्यकतामा आधारित विकासका कार्यक्रम तथा रणनैतिक योजना तर्जुमा गर्न यस पार्श्वचित्रले यो गाउँपालिकालाई सहयोग गर्दछ भने सरोकारवालाहरूलाई समेत यस क्षेत्रको तथ्यपरक जानकारी प्रदान गर्दछ । यसका अलावा सम्बन्धित क्षेत्रका संघ संस्था एवं अनुसन्धानकर्ता, योजनाकार, शिक्षाकर्मी, समाजसेवी लगायत सरोकारवालाहरूलाई उपयोगी हुने भएकोले यसको महत्व रहेको छ ।

विकास निर्माणका खाका कोर्न सर्वप्रथम गाउँपालिकाको यथार्थ र आधारभूत तथ्याङ्क/Fact and Basic Database तयार पार्नु जरुरी हुन्छ । यो दस्तावेज गाउँपालिकाको घर घुरी सर्वेक्षण, संस्थागत सर्वेक्षण, वडागत सर्वेक्षण, विभिन्न समयमा जनप्रतिनिधि र कर्मचारीसँग गरिएका छलफल र यसबाट प्राप्‍त सकारात्मक सुझाव, तथ्याङ्क र सर्वेक्षणका क्रममा प्राप्‍त तथ्याङ्कबाट देखिएको गाउँपालिकाको समस्या, चुनौती, सम्भावना र आवश्यकताको तथ्यहरूको सँगालोका रूपमा रहेको छ । यो पार्श्वचित्र निर्माणको काम अनिवार्य र अर्थ पूर्ण रहेको छ । यसले गाउँपालिकाको वर्तमानको यथार्थलाई विश्लेषण गरी सोको आधारमा गाउँपालिकालाई उपलब्ध स्रोत साधनको व्यवस्थापन गर्न, उचित कार्यक्रमहरूको तर्जुमा गर्न, कार्यान्वयन एवम् अनुगमन मूल्याङ्कन गर्नका निम्ति मार्गदर्शकको काम गर्ने हुनाले यो औचित्य पूर्ण रहन्छ ।